सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ४ सय रूपैयाँले महँगिएको हो ।
बुधबार प्रतितोला २ लाख ४१ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर २ लाख ४२ हजार ८ सय रूपैयाँ पुगेको छ ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । हिजो प्रतितोला ३ हजार ४० रूपैयाँ कायम रहेको चाँदी आज ३५ रूपैयाँले बढेर प्रतितोला ३ हजार ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















