भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपाललाई साढे दुई खर्ब विकास सहायता घोषणा
काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीद्वारा नेपाललाइ २ खर्ब ४० अर्ब नेपाली रूपैयाँ बराबरकाे सहायता प्याकेज घोषणा गरेका छन् । उनले दुबै प्रधानमन्त्रीकाे संयुक्त पत्रकार सम्मेलनमा बाेल्दै “२४००० कराेड नेपाली रूपैयाँ बराबरकाे डेभेलपमेन्ट प्याकेज” घाेषणा गरेका हुन् ।
“नेपालकाे पुनर्निर्माण एव् दीर्घकालिक विकासलाइ मजबूत बनाउनका लागि हामी २४ हजार कराेड नेपाली रूपैयाँकाे डेभेलपमेन्ट काेअपरेशन प्याकेज घाेषणा गर्दछाैँ”, उनले भने ।
उनले बाढी, पहिराेजस्ता प्राकृतिक प्रकाेपबाट प्रभावित परिवारकाे जीवनयापन सामान्य अवस्था फर्काउन, उनीहरूलाइ नयाँ अवसर प्राप्त हाेस् भन्नका लागि र भविष्यमा अरू विपदसँग लड्ने क्षमता थप विकास हाेस् भनेर उक्त विकास सहायता दिन लागिएकाे उनले बताए ।















