एथरको १७औं एक्सपिरियन्स सेन्टर चितवनको टाँडीमा
काठमाडौं । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले चितवनको रत्ननगरस्थित टाँडीमा एथरको १७ औँ एक्सपेरियन्स सेन्टर औपचारिक रूपमा उद्घाटन गरेको छ। नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै रत्ननगर तथा आसपासका ग्राहकलाई एथरका विद्युतीय स्कुटरबारे जानकारी लिन, टेस्ट राइड गर्न तथा खरिदसम्बन्धी परामर्श लिन सहज हुने कम्पनीले जनाएको हो।
नयाँ सेन्टर डाइनामिक इनर्जी प्रालिअन्तर्गत सञ्चालनमा आएको हो । डाइनामिक इनर्जीले यसअघि चितवनको आस्था चोकमा एथरको एक्सपेरियन्स सेन्टर सञ्चालन गर्दै आएको थियो । टाँडीमा दोस्रो डिलरशिप लोकेसन विस्तार गर्दै कम्पनीले चितवन क्षेत्रमा विद्युतीय सवारीको पहुँच थप बढाउने जनाएको छ ।
नयाँ एक्सपेरियन्स सेन्टरमा ग्राहकले एथरका ४५० सिरिज तथा एथर रिज्टा स्कुटर अनुभव गर्न सक्नेछन् । ४५० सिरिज प्रदर्शन, प्रविधि र राइडिङ अनुभवमा केन्द्रित छ भने रिज्टा पारिवारिक तथा दैनिक प्रयोजनलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।
एथरका स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनिटी क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता प्रविधि तथा सुविधा उपलब्ध छन्। म्याजिक ट्विस्टमार्फत थ्रोटलको प्रयोगबाट एक्सेलेरेसन तथा डिलेरेसन गर्न सकिन्छ भने इन्फिनिटी क्रुजले लामो दूरीको यात्रामा सहजता प्रदान गर्ने कम्पनीको दाबी छ।
विद्युतीय स्कुटरको दीर्घकालीन स्वामित्वलाई थप विश्वसनीय बनाउन एथरले ‘एथर एस्योरेन्स एटसेभेन्टी’ कार्यक्रमसमेत उपलब्ध गराउँदै आएको छ । यसअन्तर्गत लागू हुने सर्तअनुसार आठ वर्ष वा ८० हजार किलोमिटरसम्म, जुन पहिले पुग्छ, ब्याट्री हेल्थ कम्तीमा ७० प्रतिशत रहने एस्योरेन्स प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एथरको नेपालभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर र ५३ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा छन् । यसले ग्राहकलाई सर्भिस तथा चार्जिङ सुविधा उपलब्ध गराउन सहयोग पुर्याउँदै आएको कम्पनीको भनाइ छ ।
नयाँ एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा एथरले योग्य स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याकको विशेष अफरसमेत ल्याएको छ । उक्त अफर लागू हुने सर्त तथा नियमअनुसार उपलब्ध हुने कम्पनीले जनाएको छ ।
वैद्य इनर्जीले नेपालमा एथरको एक्सपेरियन्स सेन्टर, सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार गर्दै विद्युतीय सवारीको पहुँच बढाउने लक्ष्य लिएको छ। रत्ननगरको नयाँ सेन्टरलाई कम्पनीले चितवनमा विद्युतीय मोबिलिटी विस्तार गर्ने यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।















