नेपाल–जापान फेस्टिभल २०२६ मायामाहा एक्सएसआर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
काठमाडौं। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा एक्सएसआर १५५ (XSR 155)को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ।
नेपाल–जापानबीचको लामो मित्रता र यामाहाको जापानी विरासतलाई एकै अवसरमा जोड्ने यो सार्वजनिक कार्यक्रम विशेष बनेको थियो। नयाँ खरानी-हरियो मेटालिक भेरियन्टको मूल्य रु. ५,६४,९०० निर्धारण गरिएको छ, जुन यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै मूल्य हो। यससँगै यामाहा एक्सएसआर १५५ अब खरानी-हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँचवटा रङमा उपलब्ध भएको छ, जसले ग्राहकलाई आफ्नो रुचि र व्यक्तित्वअनुसार छनोट गर्ने थप अवसर प्रदान गर्नेछ।
नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७० वर्षको उत्सवले यो सार्वजनिक कार्यक्रमलाई थप विशेष बनाएको थियो। दशकौँदेखिको सांस्कृतिक आदानप्रदान, प्रविधि तथा विकासमा सहकार्य र आपसी सम्मानले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै आएको छ। जापानी इन्जिनियरिङ उत्कृष्टताको लामो इतिहास बोकेको यामाहाले पनि यी साझा मूल्यहरूलाई प्रतिनिधित्व गर्दछ।
एक्सएसआर १५५ भन्ने ब्रान्ड दर्शनअनुरूप यामाहाले आफ्नो विरासत, उत्कृष्ट शिल्पकला, प्रविधिगत नवप्रवर्तन र आधुनिक कार्यसम्पादनलाई निरन्तर अघि बढाउँदै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाल र जापानबीचको ७० वर्ष लामो मित्रता तथा सहकार्यको महत्व प्रकाश पारे। उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रालाई समेत स्मरण गरे। साथै, प्रविधि, पूर्वाधार तथा विकासका विभिन्न क्षेत्रमा जापानले नेपाललाई पुर्याउँदै आएको योगदानको चर्चा गर्दै यामाहालाई जापानी इन्जिनियरिङ र नवप्रवर्तनको प्रतीकका रूपमा उल्लेख गरे ।
एमएडब्लु ग्रुप नेपाली ग्राहकसमक्ष जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँदै उनले यामाहा एक्सएसआर १५५ ले जापानी विरासत, आधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनलाई एकैसाथ प्रस्तुत गर्ने धारणा व्यक्त गरे। दुई देशबीचको ऐतिहासिक सम्बन्धको उत्सवका अवसरमा नयाँ खरानी-हरियो मेटालिक भेरियन्ट सार्वजनिक गर्न पाएकोमा उनले गौरवसमेत व्यक्त गरे ।
फेस्टिभलमा प्रस्तुत परम्परागत जापानी कोटो संगीत, ताइको ड्रमिङ, जापानी क्यालिग्राफी, कस्प्ले तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। यी प्रस्तुतिहरूले जापानको समृद्ध सांस्कृतिक पहिचानलाई झल्काउनुका साथै यामाहाको जापानी विरासत, शिल्पकला र पहिचानसँग पनि सुन्दर सम्बन्ध स्थापित गरेका थिए।
विशिष्ट रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको यामाहा एक्सएसआर १५५ ले क्लासिक डिजाइनको आकर्षणलाई आधुनिक कार्यसम्पादनसँग जोडेको छ। यसमा भेरिएबल भल्भ एक्चुएसन (भीभीए)इन्जिन, डेल्टाबक्स फ्रेम, ६-स्पिड ट्रान्समिसन र ट्र्याक्सन कन्ट्रोल सिस्टम जस्ता विशेषताहरू रहेका छन्, जसले उत्कृष्ट कार्यसम्पादन, स्थिरता र नियन्त्रण प्रदान गर्न मद्दत गर्छन्। नयाँ खरानी-हरियो मेटालिक भेरियन्टको आगमनसँगै ग्राहकले आफ्नो व्यक्तिगत शैली र रुचिअनुसार थप विकल्प पाउनेछन्।
एमएडब्लु राइड्स
नेपालमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रा. लि.ले देशभर रहेका १०५ यामाहा आउटलेटहरूको सञ्जालमार्फत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।
थ्रीएस (सेल्स, सर्भिस एन्ड स्पेयर्स) सुविधामार्फत कम्पनीले ग्राहकलाई सहज बिक्री तथा बिक्रीपछिको सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको छ। नेपाली ग्राहकसमक्ष जापानी इन्जिनियरिङ, प्रविधिगत नवप्रवर्तन, गुणस्तर र उत्कृष्ट राइडिङ अनुभव उपलब्ध गराउन कम्पनी निरन्तर प्रतिबद्ध छ।















