कालीमाटीका दुई प्रहरीमा कोरोना पुष्टि - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

कालीमाटीका दुई प्रहरीमा कोरोना पुष्टि



काठमाडौं । नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले बताए । र्यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो । संक्रमित बस्ने व्यारेकमा दुई सय १४ जना प्रहरी बस्दै आएका छन् ।

दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्यो भन्ने बारेमा थाहा हुन नसकेको उनको भनाइ छ । उनले कोरोनाको संक्रमण देखिएकाले अब के गर्ने भन्ने बारेमा छलफल हुँदै गरेको जानकारी दिएका छन् । उनले अब ती प्रहरीको कन्ट्याक्ट ट्रेसिङपछि थप कदमका बारेमा थाहा हुने बताए । मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्