सेयर बजारमा निरन्तर पहिरो, खुम्चिदैं कारोबार रकम « Arthapath.com
१५ असार २०८२, आईतबार

सेयर बजारमा निरन्तर पहिरो, खुम्चिदैं कारोबार रकम



काठमाडौं । सेयर बजारमा निरन्तर पहिरो गइरहेको छ । केहि दिन यता सेयर बजार राताम्य भइरहेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक सेयर बजार निरन्तर ओरालो लागि रहेको हो ।

केन्द्रीय बैंकले समीक्षामार्फत सेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था गर्ने आँकलन गरिए पनि व्यवहारमा त्यस्तो नभएपछि लगानीकर्ता निराश बनेका हुन् । सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा तरलता बढाउने खालका सुधारको अपेक्षा गरेको थियो । तर त्यसो नभएपछि सेयर बजार ओरोला लागेको हो ।

सेयर बजार खुम्चियसँगै कारोबार रकम समेत ओरालो लागेकोछ ।बजार ओरालो लाग्दा लगानीकर्ता पर्ख हेरको नितिमा छन् । लगानीकर्ताको मनोबलले सेयर बजार प्रभाव पार्ने गरिन्छ । सो काराण पनि सेयर बजार सुधार तिर जान सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २३.६० अकंले घटेर २०४६.८१ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज ११ उपसूचक राताम्य भएका छन् । म्युचुअल फण्ड समूहको ०.७९ प्रतिशत र ब्यापार समूहको ०.४० प्रतिशतले सेयर मूल्य बढेको हो ।
साथै, बैंकिङ समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको १.०७ प्रतिशत, फाइनान्स समूहको ०.८२ प्रतिशत र हाइड्रोपावर समूहको ०.९५ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्