हिमालयन डिष्टीलरीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
१५ असार २०८२, आईतबार

हिमालयन डिष्टीलरीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यता सेयर बजार निरन्तर ओरालो लागि रहेको छ । सेयर बजारमा सुधार आउन नसक्दा लगानीकर्ता निराश बन्दैं गएको अवस्था छ । अर्थमन्त्री विष्णु पौडेल नियुत्त हुदाँ बखत २२सय बिन्द पुगेको बजार फेरी २ हजारमा आइ रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २३.६० अकंले घटेर २०४६.८१ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँको कारोबार भएको छ ।

सोमबार हिमालयन डिष्टीलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २० करोड ८२ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, साल्ट टे«डिङको ११ करोड ४८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ६ करोड ५५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५ करोड ५५ लाख रुपैयाँ र सानिमा बैंकको ४ करोड ६५ रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्