नेप्सेमा आइएमई बैंक ११ करोड २६ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोलब आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जर पछिको सेयर सूचीकृत भएको छ ।
मर्जरमा गएपछि कायम हुन आएको कुल ११ करोड २६ लाख १४ हजार ३३७.१७ कित्ता ग्लोबल आइएमई बैंकको नामबाट सूचीकृत भएको हो ।
मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले २०९ रुपैयाँ ४२ पैसा ओपन रेञ्ज दिएको छ । कम्पनीको कारोबार बुधबारदेखि संचालनमा आउनेछ ।