नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन, बुधबारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । सोमबार ङादी ग्रुप पावर,स्वावलम्बन लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
यी कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गरेकाले फागुन ८ गतेसम्म कायम अन्तिम फागुन ९ गते सार्वजनिक विदाका कारण फागुन ८ गते सम्म कायम शेयरधनीले यी कम्पनीको लाभांश पाउन योग्यछन् ।
ङादी ग्रुप पावरको सोमवार कायम अन्तिम शेयरमूल्य २७६ रुपैयाँको आधारमा प्रस्तावित ४.७५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले २६३ रुपैयाँ ४८ पैसा तोकेको हो ।
त्यस्तैगरी, स्वावलम्बन लघुवित्तको सोमवार कायम अन्तिम शेयरमूल्य १ हजार १३० रुपैयाँको आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य ९८२ रुपैयाँ ६१ पैसा तोकेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सोमवार कायम अन्तिम शेयर मूल्य ३२६ रुपैयाँ को आधारमा नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य ३१० रुपैयाँ ४८ पैसा तोकेको छ ।
सोही मूल्यको आधारमा ३ वटै कम्पनीको सेयर बुधबारदेखि दोस्रो बजारमा आउनेछ ।