प्रतिकित्ता मात्र १६० रुपैयाँमा सिटिजन्स बैंकको सेयर किन्ने मौका « Arthapath.com
१४ असार २०८२, शनिबार

प्रतिकित्ता मात्र १६० रुपैयाँमा सिटिजन्स बैंकको सेयर किन्ने मौका



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । बैंकले सस्थापक समूह तर्फको १ लाख ३४ हजार ७९४ कित्ता सेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

बैंकले ३ लाख ३८ हजार ९६० दशमलव ३६ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यस अघि पुस २७ गते ३५ दिने सचुना जारी गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १६० तोकिएकाहुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । सेयर खरिद गर्ने चाहो इच्छुक जो कोही ब्यक्ति तथा संघ संस्थाले आवशयक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्