कोरोना संक्रमितको मृत्यु भएको छैनः अस्पताल
काठमाडौं । रुपन्देहीस्थित मणिग्राममा रहेको क्रिमसन अस्पतालमा रहेका कोरोना पोजेटिभ बिरामीको उपचार जारी रहेको अस्पतालले जनाएको छ।
संक्रमितको मृत्युको खबर आएपनि त्यो सत्य नभएको अस्पतालले विज्ञप्ति जारी गर्दै बताएको हो। अस्पतालका अनुसार गुल्मी मदानेका ती संक्रमित अहिले भेन्टिलेटरमा उपचाररत रहेका छन्। ‘बिरामीको अस्पतालमा आइसीयु कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको छ,’ विज्ञप्तीमा लेखिएको छ।
५ नम्वर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नै उपचाररत बिरामीको मृत्यु भएको भनी गलत सूचना दिएका थिए।

नोटः यसअघि मृत्यु भएको भन्ने समाचारप्रति हामी क्षमा माग्न चाहन्छौ ।
















