किन आयो सेयर बजारमा करेक्सन ?

काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा यता निरन्तर ओरालो लागेको सेयर बजार आज भने सुधार आएको छ । केन्द्रीय बैंकले समीक्षामार्फत सेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था गर्ने आँकलन गरिए पनि व्यवहारमा त्यस्तो नभएपछि लगानीकर्ता निराश बनेका थिए । तर, आज भने सेयर बजारमा सुधार देखिएको छ ।
सेयर बजार बढ्नुमा मुख्य भुमिका लगानीकर्ताका मनोबल समेत रहेको हुन्छ । बिस्तारै लगानीकर्ताको मनोबल उच्च हुदै जाँदा सेयर बजार सुधार तिर गएको आंकलन गरिएको छ ।
साथै, केहि दिन यता निरन्तर खुम्चिएको बजार यहि सरकार निरन्तर पाउने आशाले फेरी बजार सुधार तिर गएको अग्रज लगानीकर्ता भरत राना भाटले बताए । उनले भने, ‘प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्ड र केपी शर्मा ओलिबीच राष्ट्रपतिका लागि समहति जुट्ने देखिएको छ । फेरी यहि सरकार टिक्ने हो भन्ने आशा लगानीकर्तामा पलायो सोहि कारण सेयर बजारमा सुधार देखियो । यो सुधार राष्ट्रपति निर्वाचनले तय गर्ने छ ।’
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.५७ अकंले बढेर २०८०.३८ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत२६९ कम्पनीको ४७ लाख ७९ हजा ७९६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँको कारोबार भएको छ ।
बुधबार १० उपसूचकमा हरियाली छाएको छ । आज माइक्रोफाइनान्स समूहको १.४० प्रतिशत, म्युचुअल फण्ड समूहको ०.१५ प्रतिशत र ब्यापार समूहको ० प्रतिशतमा सिमित बनेको हो ।
