२६ श्रावण २०८३, मंगलबार

सेयर बजारमा भारी गिरावट आउँदा पनि यी हुँन कमाउने कम्पनीहरु



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा भारी गिरावट आएको छ । बिहिबार बजार ५७.७४ अंकले घटेको छ । बजार परिसुचक २ हजार २२ दशमलव ६४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सो दिन अधिकांश कम्पनीहरुमा सेयर मूल्य घटेको छ । तर, नेपाल हाईड्रो डेभलोपर सहित केही कम्पनीको सेयर मूल्यमा भने झिनो बढोत्तरी देखिएको छ ।

सो दिन नेपनल हाईड्रोको सेयर मूल्य ४.८२ प्रतिशत अर्थात प्रतिकिता १९ रुपैयाँले बढेको छ । योसँगै कम्पनीको सेयर मूल्य ४१३ पुगेको छ । त्यस्तै,सामलिङ पावरको सेयर मूल्य ४.७७ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट गा्रेथ स्किमको ३.४३ प्रतिशतले बढेको छ ।