हवाई उडान र सीमा जेठ मसान्तसम्म बन्द गर्ने निर्णय
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।
हवाई उडान तथा सिमानाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले बताएको छ । यसअघि जेठ १८ गतेसम्मका लागि हवाई उडान बन्द गरिएको थियो।















