उतारचढावबीच सेयर बजारमा सामान्य सुधार, साढे २ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिने सेयर बजार झिनो अकंले बढेको छ । गत साताको अन्तिम कारोबार दिन भारि अकंले घटेको बजार आज भने सामान्य सुधार देखिएको हो ।
अहिले देशमा राजनिति अस्थिरता छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कागे्रस उम्मेदवारलाई मत दिने समझदारी गरेको छ । यता सरकार मै रहेको नेकपा एमालेले पनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाइ सकेको छ । प्रचण्डले एमालेलाई साथ नदिएर काग्रेसलाई समर्थन गर्ने भएसँगै राजनितिक खिचातानिले सेयर बजार बिहिबार प्रभावित बन्न पुगेको हो । तर, एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णयगरे सँगै एमालेबाट अर्थमन्त्री बनेका विष्णु पौडेललको पद कायमै रहने आशाले लगानीकर्तामा केही खुसी छाएको देखिन्छ ।
लघुवित्त वित्तीय संस्थालाई ऋण लगानीमा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । कर्जा लगानीदेखि कमाएको नाफाबाट लाभांश वितरणमा समेत कडाइ गरेको हो । एउटै ऋणीलाई डेढ दर्जनसम्म लघुवित्तले ऋण लगानी गर्दासमेत मौन बसेको राष्ट्र बैंकले अहिले आएर कर्जा लगानीमा कडाइ गरेको हो । सोहि कारण पनि सेयर बजार खासै सुधार तिर लम्किन सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५५ अकंले बढेर २०२७.१९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँको कारोबार भएको छ ।
आइतबार ८ कम्पनीको उपसूचकमा हरियाली छाएको छ भने ५ कम्पनीको राताम्य भएको छ । आज विकास बैंक समूहको ०.८३ प्रतिशत, फाइनान्स समूहको १.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.३४ प्रतिशत, हाइड्रोपावर समूहको ०.७४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
