सामान्य सुधार आएको बजारमा यी कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । देशमा अनेकौं राजनितिक अस्थिरताकाबीच साताको पहिलो दिन भने सेयर बजारमा सुधार देखिएको छ । गत साताको अन्तिम कारोबारको दिन ५७ अकंले घटेको बजारमा आज भने सामान्य सुधार आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५५ अकंले बढेर २०२७.१९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँको कारोबार भएको छ ।
आज लगानीकर्ता हिमालयन डिष्टिलरीको सेयरमा झुम्मिएका छन् । कम्पनीको १० अर्ब ५८ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, एनआइसी एशिया बैंकको ७ करोड ८६ लाख रुपैयाँ, छिमेक लघुवित्तको ७ करोड १६ लाख रुपैयाँ,जीवन विकास लघुवित्तको ६ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
