सोमबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
१४ असार २०८२, शनिबार

सोमबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । साताको पहिलो दिन झिनो सुधार आएको सेयर बजार आज भने सामान्य अकंले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.६५ अकंले घटेर २०२३.५४ बिन्दुमा बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रुपैयाँको कारोबार भएको छ ।

सोमबार हिमालयन डिष्टीलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर आज ६ करोड ६८ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, एनआइसी एशिया बैंकको ५ करोड ८ लाख २८ हजार रुपैयाँ, अपी भ्याली हाइड्रोपावरको ४ करोड ७८ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६३ लाख रुपैयाँ र अपि पावरको ३ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्