सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा चैत्र १७ गते, के कस्ता छन् एजेन्डा ? « Arthapath.com
१६ फाल्गुन २०७९, मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा चैत्र १७ गते, के कस्ता छन् एजेन्डा ?



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलले १८औं साधारण सभा चैत्र १७ गते बोलाएको छ । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठक आव्हान गरेको हो ।

गत आवको २०७८ ७९ को मुनाफाबाट चुक्ता पुँजीका तीन अर्व एक करोड छ लाख उनान्सत्तरी हजार छ सय बैसठ्ठी रुपैयाँ बाट लाभांश पस्ताव गर्ने निर्णय पारित गरेको छ ।

उक्त कम्पनीको बोनस सेयर ८.५३४ प्रतिशत बोनस सेयर दिने भएको र नगद लाभांश ०.४४९ प्रतिशत कर प्रयोजनको लागि पारित गरेको छ । कम्पनीको कुल लाभांश ८.९८३ प्रतिशत विवरण गर्न लागेको छ ।

साधारण सभा प्रयोजनको लागि फागुन २८ गते देखि चैत्र १७ गते सम्म बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्