मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
१४ असार २०८२, शनिबार

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । सेयर बजार आज सामान्य अकंले घटेको छ । साताको दोस्रो र तेस्रो कारोबारको दिन सेयर बजारमा झिनो ओरालो यात्राले निरन्तता पाएको हो । सेयर बजार सामान्य अकंले घटे पनि कारोबार रकम भने खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८१ अकंले घटेर २०१९.७३ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार यूनिर्भसनल पावरको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको आज ७ करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, .शिवम् सिमेन्टको ६ करोड ६० लाख ६९ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ६ करोड ४६ लाख रुपैयाँ, निफ्राको ३ करोड ७६ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको ३ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्