कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २२ गते, के के छन् एजेण्डा ?

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा फागुन २२ गतेका लागि बोलाएको छ । सभा बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०।२६ प्र्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बोनस सेयरपछि चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ पुग्ने भएकाले सोही अनुसार प्रबन्धपत्र संशोधन हुनेछ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरर वा एक्विजिसनमा जानुपर्ने भएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले फागुन १० गते बुक क्लोज गरेको हुदाँ फागुन ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछ ।