आजदेखि ‘प्रभु स्मार्ट फण्ड’ को ८ करोड इकाई बिक्रीमा, कति भर्ने ?
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले प्रभु स्मार्ट फण्डको इकाई निष्कासन भएको छ । आज (फागुन १८ गते) देखि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्कासन गरेको हो ।
कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । यी बाहेक बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासन भएको हो ।
यो इकाई छिटोमा फागुन २३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ५ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना १० वर्षे अवधिको बन्दमुखि प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ । योजनाको इकाई न्यूनतम ४ करोड विक्री हुनुपर्नेछ ।
यस योजनाको इकाई बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्तसम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ भने कोष प्रबद्र्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
कम्पनीको प्रबन्धपत्र अनुसार कम्पनीका मुख्य उद्देश्वर देवाय बमोजिम रहेका छनः
(क) बैंकका निक्षेपकर्ता तथा शेयरधनीको हक हितको संरक्षण र सम्बर्द्धन गर्दै सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने,
(ख) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपने सम्भाव्य देखिएका उत्पादनशीन व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवं उत्पादकत्व बृद्धिका जागि वावश्यक वित्तीय साधन वान्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता न्याउन सहयोग पुयाउने,
(ग) उपलब्ध शीप, बम तथा पूँजीलाई उचित परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उर्तन एवं रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवं प्रवर्द्धन गर्ने र सो कार्यको लागि मावश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रूपमा समग्न भई सहयोग पुयाउने
(घ) मुलुकमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउने ।













