अधिकांश म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य घट्यो, किन आयो गिरावट ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अधिकांश म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य घट्यो, किन आयो गिरावट ?



काठमाडौं । अधिकांश म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ३८ वटा म्युचुअल फण्डहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनाको वित्तीय रिपोर्टले यस्तो देखाएको हो । जसमध्ये ३२ वटा बन्दमुखी र ६ वटा खुलामुखी म्युचुअल फण्ड रहेका छन् ।

सेयर बजारमा आएको निरन्तर गिरावटले पनि फण्डहरुको न्याभ घटेको हो । माघ महिनामा ५ वटा बाहेकका म्यचुअल फण्डहरुको न्याभ घटेको छ । यद्यपि, न्याभ घटेपनि फण्डहरुको सेयर बजारमा हुने लगानी भने बढेको छ ।

माघ महिनासम्ममा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फण्डको देखिएको छ । फण्डको न्याभ १३ रुपैयाँ २ पैसा कायम भएको छ । तर, गत पुसमा भने १३ रुपैयाँ ४९ पैसा रहेको थियो ।

दोस्रो स्थानमा रहेको सनराइज फस्ट म्यूचुअल फण्डको भने माघ १६ पैसाले बढेर १२ रुपैयाँ ५५ पैसा कायम भएको छ । सो अवधिमा सबैभन्दा कम न्याभ भने सिद्धार्थ सिस्टोमेटिक इन्भेष्टमेन्ट स्किमको देखिएको छ । सो स्किमको न्याभ ८ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

करिब दुई दर्जन फण्डको न्याभ १० रुपैयाँ भन्दा माथि

माघ महिनासम्ममा करिब दुई दर्जन म्युचुअल फण्डहरुको न्याभ १० रुपैयाँभन्दा माथि देखिएका छन् ।

सो महिनामा एनआईसी एशिया ग्रोथ फण्डको न्याभ ११ रुपैयाँ ५५ पैसा, एनएमबि ५० को ११ रुपैयाँ ५१ पैसा, एनआईसी एशिया ब्यालेन्सड् फण्डको ११ रुपैयाँ २६ पैसा, एनएमबि हाव्रिड फण्ड एल–१ को ११ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै, एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको न्याभ १० रुपैयाँ ८३ पैसा, कुमारी धनवृद्धि योजनाको १० रुपैयाँ ६५ पैसा, लक्ष्मी उन्नती कोषको १० रुपैयाँ ५९ पैसा, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १० रुपैयाँ ५९ पैसा, एनआईबिएल प्रगति फण्डको १० रुपैयाँ ५३ पैसा, नबिल इक्विटी फण्डको १० रुपैयाँ ५० पैसा, सिद्धार्थ इक्विटी फण्डको १० रुपैयाँ ४९ पैसा, नबिल ब्यालेन्सड् फण्ड–२ को १० रुपैयाँ ४७ पैसा, प्रभु सेलेक्ट फण्डको १० रुपैयाँ ४७ पैसा, एनआईबिएल सहभागिता फण्डको १० रुपैयाँ ४६ पैसा, ग्लोबल आइएमई समुन्न्त स्किम–१ को १० रुपैयाँ ४५ पैसा, लक्ष्मी इक्विटी फण्डको १० रुपैयाँ ४२ पैसा रहेको छ ।

त्यसैगरि, एनआईसी एशिया फेलेक्सी क्याप फण्डको न्याभ १० रुपैयाँ ४२ पैसा, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ को १० रुपैयाँ ३९ पैसा, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–दोस्रोको १० रुपैयाँ ३४ पैसा, सिटिजन म्युचुअल फण्ड–२ कोड १० रुपैयाँ ३३ पैसा, एनआईसी एशिया सेलेक्ट–३० को १० रुपैयाँ २५ पैसा र शुभ लक्ष्मी कोषको न्याभ १० रुपैयाँ १० पैसा रहेको छ ।

अन्य कुन फण्डको न्याभ कति ?

स्रोतः फण्डहरुले प्रकाशित गरेको माघ महिनासम्मको वित्तीय विवरण

एक महिना थप ६० करोडले बढाए सेयर बजारमा लगानी

म्युचुअल फण्डहरुले सेयर बजारमा गर्ने लगानी वृद्धि भएको छ । फण्डहरुको सेयर बजारमा हुने लगानी एक महिनामा थप ६० करोड ३७ लाख १७ हजार रुपैयाँ बढेको हो ।

माघ महिनामा फण्डहरुले कुल २१ अर्ब ३० लाख १९ हजार रुपैयाँ बराबर लगानी सेयर बजारमा गरेका हुन् । जुन, गत पुस महिनाको तुलनामा २.९६ प्रतिशतले बढी हो । फण्डहरुले पुस महिनामा कुल २० अर्ब ३९ करोड ९३ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए ।

माघ महिनाको वित्तीय रिर्पोट अनुसार सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले सेयर बजारमा सबैभन्दा धेरै लगानी गरेका छन् । सो महिनामा सिद्धार्थ इक्विटीले कुल १ अर्ब २२ करोड ७२ लाख रुपैयाँ र सानिमाले १ अर्ब १२ करोड ५१ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् । यी दुई इक्विटीको लगानी गत पुसको तुलनामा भने क्रमशः ४.९० प्रतिशत र ५.६५ प्रतिशतले कमी हो । गत पुसमा सिद्धार्थ इक्विटीले १ अर्ब २९ अर्ब ४ लाख र सानिमाले १ अर्ब १९ करोड २५ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए ।

माघ महिनामा अधिकांश फण्डहरुको सेयर बजार लगानी वृद्धि भएको छ । सो महिनामा सबैभन्दा धेरै नबिल फेलेक्सी क्याप फण्डको वृद्धि भएको छ । माघमा फण्डले १३ करोड ८९ लाख २८ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । जुन गत पुस महिनाको तुलनामा भने २१८.८४ प्रतिशतले बढी हो । पुसमा फण्डले ४ करोड ३५ लाख ७२ हजार रुपैयाँ लगानी गरेको थियो ।
यस्तै, सानिमा ग्रोथ फण्डको सेयर बजारमा हुने लगानी १३९.८४ प्रतिशतले बढेर ८ करोड ९१ लाख २१ हजार रुपैयाँ कायम भएको छ । गत पुसमा भने फण्डले ३ करोड ७१ लाख ५८ हजार रुपैयाँ मात्र सेयर बजारमा लगानी गरेको थियो ।

डेढ दर्जन फण्डले गरे सेयर बजारमा ५० करोड माथि लगानी

माघ महिनामा १८ वटा फण्डहरुले सेयर बजारमा ५० करोड भन्दा बढी गरेका छन् । सो महिनामा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले सेयर बजारमा ९९ करोड ३९ लाख ३४ हजार र ग्लोबल आइएमई समुन्नत स्किम–१ ले ९५ करोड ६६ लाख २७ हजार रुपैयाँ लगानी गरेका छन् ।

माघ महिनामा मेगा म्युचुअल फण्ड–१ ले ८७ करोड ६८ लाख, नबिल ब्यालेन्सड् फण्ड–२ ले ८७ करोड ६२ लाख, नबिल इक्विटी फण्डले ८४ करोड ६१ लाख, एनएमबि ५० ले ८४ करोड ४ लाख, लक्ष्मी इक्विटीले ८२ करोड ८४ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको देखिएको छ ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ ले ७९ करोड २३ लाख, नबिल ब्यालेन्सड् फण्ड–३ ले ७२ करोड ४५ लाख, सनराइज ब्लूचिफ फण्ड ७२ करोड ४२ लाख, एनआईबिल समृद्धि फण्ड–२ ले ७१ करोड २२ लाख, सानिमा लार्ज क्यापले ६६ करोड ४० लाख, एनआईसी एशिया ग्रोथ फण्ड ६४ करोड ८२ लाख, सनराइज फस्ट म्युचुअल फण्डले ६१ करोड ३५ लाख, आरविवि म्युचुल फण्ड–१ ले ६१ करोड ७ लाख, कुमारी इक्विटी फण्डले ६० करोड १९ लाख, प्रभु सेलेक्ट फण्ड ५३ करोड ८२ लाख र एनआईबिएल प्रगति फण्डले ५१ करोड १४ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको छ ।

सेयर बजारमा कुन फण्डको लगानी कति ?

स्रोतः फण्डहरुले प्रकाशित गरेको माघ महिनासम्मको वित्तीय विवरण


प्रतिक्रिया दिनुहोस्