एक्साइडको नँया मोटरसाइकलको ब्याट्री बजारमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एक्साइडको नँया मोटरसाइकलको ब्याट्री बजारमा



काठमाडौं । एक्साइड एक्सप्लोर ब्राण्डको नँया ब्याट्री नेपाली बजारमा सार्वजनिक भएको छ ।

सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रालि ले विक्री वितरण आरम्भ गरेको हो । नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ठ गुणहरु एवं विशेषताहरुले सम्पन्न भएको कम्पनीले जनाकारी दिएको छ।

उक्त,कम्पनीको अनुसार “स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली, एवं लिड क्याल्सिएम प्रविधि विशेषता भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन । फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको छ,”।

“यसैगरी, ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटलाइ टाढा राख्दछ“ । एक्साइड ब्राण्डको नेपालस्थित एक मात्र विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. यस एक्सप्लोर ब्याट्रीले धेरै भन्दा धेरै ग्राहकहरुको पहिलो रोजाई बनेको छ ।


प्रतिक्रिया दिनुहोस्