सेयर बजार निरन्तर राताम्य, कारोबार रकम १ अर्बमा खुम्चियो

काठमाडौं । सेयर बजारमा राताम्य यात्राले निरन्तता पाएको छ । हिजो भारी अकंले ओरालो लागेको बजार आज पनि राताम्य हुन पुगेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार देशका अधिकांश सूचकमा सुधार आउँदा समेत बजारमा उत्साह छाउन सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.६८ अकंले घटेर १९५१.२१ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १६ करोड २५ लाख ३ हजार ५१५ रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा राताम्य हुदाँ सोमबार १३ उपसूचक राताम्य हुन पुगेका छन् । आज बैंकिङ समूहको १.५७ प्रतिशत, विकास बैंक समूहको १.०३ प्रतिशत, फाइनान्स समूहको ०.८३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

त्यस्तै, सोमबार एनआइसी एशिया बैंकको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड २४ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ । साथै, शिवम सिमेन्टको ५ करोठ ६८ लाख रुपैयाँ, अपि पावरको ५ करोड ५ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीको ४ करोड रुपैयाँको कारोबार भएको छ ।
