सुभम पावरको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३३ लाख ६९ हजजार १३६ कित्ता सेयर किनबेच हुँदा १ अर्व १६ करोड २५ लाख ३५ हजार १५ रुपैयाँको कारोबार भएको थियो ।
आज दोहोरो अंकले बजार घटे पनि सुभम पावर लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो दिन सुभम पावर लिमिटेड ९.९८ प्रतिशत,यूनिक नेपाल लघुवित ४.०३ प्रतिशतले बढेको छ ।
