नेप्सेमा तीन लघुवित्तको सेयर मूल्य समायोजन, बुधबारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजा भएको छ । मंगलबार मनकामना स्मार्ट लघुवित्त, समता घरेलु लघुवित्त र आरएमडिसि लघुवित्तको सेयर मूल्य नेप्सेम समायोजन भएको हो ।
मनकामना स्मार्ट लघुवित्तको मंंगलबार कायम अन्तिम सेयर मूल्य ७६० रुपैयाँको आधारमा ४.७५ प्रतिशत बोनस सेयरपछिको मूल्य ७२५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
नेप्सेमा समता घरेलु लघुवित्तको मंगलबार कायम अन्तिम सेयर मूल्य ७३५ रुपैयाँ ५० पैसाको आधारमा १५ प्रतिशत बोनस सेयरपछिको मूल्य ६३९ रुपैयाँ ५७ पैसा तोकेको छ ।
त्यस्तै, आरएमडिसी लघुवित्तको नेप्सेमा मंगलबार कायम ९३० रुपैयाँ २० पैसाको आधारमा २६ प्रतिशत बोनस सेयरपछिको मूल्य ७३८ रुपैयाँ २५ पैसा तोकिएको छ ।
अब तीन वटैं कम्पनीको सेयर बुधबारदेखि कारोबारमा आउनेछ ।