ग्रीन डेभलपमेन्ट बैंकको सीइओमा हरि बहादुर बुढाथोकी नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हरि बहादुर बुढाथोकीलाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम रिक्त रहेको पदमा बुढाथोकीलाई नियुक्त गरेको हो ।
बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका बुढाथोकीलाई चैत १ गतेदेखि लागू हुने गरे सीइओमा नियुक्त गरेको छ ।