स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति



काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ ।

राष्ट्र बैंकले फागुन २८ गते दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । गत पुस १८ गते यी दुई कम्पनीले मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ७ मा केन्द्रिय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपा नगरपालिका वडा नम्बर ५ मा केन्द्रिय कार्यालय रहेको स्वरोजगार लघुवित्त एक हुन लागेका हुन । हाल समता घरेलु लघुवित्तको चुक्तापूँजी ३४ करोड २७ लाख ४४ हजार रहेको छ ।


प्रतिक्रिया दिनुहोस्