प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसले आफ्ना सांसदलाई ह्वीप
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
संघीय संसद भवनको शंकर हलमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएको हो ।
सोमबार विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।













