पूर्व डेपुटी गभर्नर शिवाकोटीको शब्द रचनामा ‘पानी दर्केर’, ग्रामिण समाजको यथार्थ चित्रण (भिडियो सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको शव्द रचनामा रहेको ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक भएको छ ।
राष्ट्र बैंकका संचालक समेत रहेका शिवाकोटीले रचना गरेको सो गीतमा पछिल्लो समयका चर्चित गायिका रचना रिमाल र प्रविन बेडवालले आवाज दिएका छन् । सो गीत शिवाकोटीकै आफ्नै यूट्यूव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
गीत मार्फत ग्रामीण समाजलाई वास्तविक रुपमा चित्रण गरिएको छ । सो गीतमा प्रदेशीएको श्रीमानलाई घर फर्कन अनुरोध गरिएको छ । गीतमा श्रीमान साहुको ऋण तिर्नका लागि विदेशी गएका हुन्छन्, उनकी श्रीमतीले भने छिट्टै घर फर्कन मायालु दवाव दिएकी छन् । उता श्रीमानले भने साहुँको ऋण तिर्न सक्नेपछि मात्रै घर फर्कने बताइएका गीतको भिडियोमा देख्न अनि सुन्न सकिन्छ ।
म्युजिक भिडियोमा स्वदेशमै रोजगारको अवस्था सृजना नहुँदा विदेशिनु परेको बाध्यतालाई समेटिएको रचनाकार शिवाकोटीले बताए । साहुँको नराम्रो व्यवहार सहन नसकेर छिटो घर फर्कन श्रीमतीले श्रीमतीलाई पोखेको पीडा र ऋण तिर्न सक्ने भएपछि घर फर्कने श्रीमान्ले गरेको प्रतिवद्धता म्युजिक भिडियोमा देख्न र सुन्न पाइन्छ ।
सुनिल बि.कको निर्देशनमा तयार भएको सो गीतको म्यूजिक भिडियोमा भने चर्चित गायक प्रकाश सपुत र बर्षा शिवाकोटीलाई देख्न सकिन्छ । रेकडिङ अकोष्टिक स्टुडियोमा भएको हो । गत शुक्रबार सार्वजनिक भएको सो गीत अहिले ४४ हजार ६ सय पटक भन्दा बढी हेरिएको छ । रचनाकार शिवाकोटीको यसअघि पनि दर्जन बढी गीतहरु बजारमा आईसकेका छन् ।
भिडियोका लागिः













