महालक्ष्मी विकास बैंकका ग्राहकलाई मनकामना केबुलकारमा १० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले मनकामना केबुलकार सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
वुधबार बैंक र मनकामना दर्शन प्रालिले एकआपसमा छुटसम्बन्धी सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले कुरिनटारस्थित केबुलकार सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताइएको छ ।