अझै ५१ प्रतिशत नेपालको चुलोमा दाउराको प्रयोग, विद्युतबाट ०.५ प्रतिशत मात्र
काठमाडौं । नेपालमा ५१ प्रतिशत सर्वसाधारणहरुले दाउराबाट खाना पकाउने गरेका छन् । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार यस्तो देखाएको हो ।
त्यसमा एलपी ग्याँसबाट ४४.३ प्रतिशत, बिजुलीबाट ०.५ प्रतिशत, गुइठाबाट २.९ प्रतिशत, बायो ग्याँसबाट १.२ प्रतिशत, मट्टीतेलबाट ०.०५ प्रतिशत र अन्यबाट ०.१ प्रतिशतले खाना बनाउने गरेका छन् ।
त्यस्तै, कोशी प्रदेशका ५३.४ प्रतिशत, मधेश प्रदेशका ५८.६ प्रतिशत, बागमति प्रदेशका २९ प्रतिशत, गण्डकी प्रदेशका ४७.१ प्रतिशत, लुम्बिनी प्रदेशका ५३.७ प्रतिशत, कर्णाली प्रदेशका ८२.२ प्रतिशत र सुदुर पश्चिम प्रदेशका ७०.३ प्रतिशतले दाउराबाट खाना पकाउने गरेको तथ्याङले देखाएको छ ।
जनगणना २०६८ अनुसार ६४ प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए।














