राताम्य बजारमा पनि यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । आइतबार सेयर बजारमा ओरालो लागेको छ । बजार ओरालो लाग्दा लगानीकर्ता निराश बन्दैं गएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८७ अकंले घटेर १८८८.२७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ ।
आइतबार हिमालयन डिष्टिलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ८ करोड ६२ लाख ८८ हजार रुपैयाँको कारोबार भइरहेको छ ।
साथै, एनआइसी एशिया बैंकको ७ करोड ९५ लाख १९ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ७ करोड ९८ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ४७ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ ।
