सोमबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । सोमबार सेयर बजारमा सुधार आएको छ । केहि दिन यता निरन्तर ओरालो लागेको बजारमा आए भने सुधार देखिएको हो । चौर्तफी बिरोध पछि सरकारले सेयर बजार बार लगानीकर्ताले आश्वासन दिन थाले पनि बजारमा केही उत्साह आउन पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७० अकंले बढेर १९०६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत ४३ लाख ८ हजार ६४५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९९१ रुपैयाँको कारोबार भएको छ ।
सोमबार हिमालयन डिष्टिलरीको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको आज ५ करोड ९० लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, जीवन विकास लघुवित्तको ४ करोड ७० लाख ३३ हजार रुपैयाँ, नलिब बैंकको ४ करोड ४ लाख ५८ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड ९५ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।
