सिद्धार्थ बैंकको १ लाख १४ हजार संस्थापक सेयर किन्ने मौका, बिक्री मूल्य कति ? « Arthapath.com
१८ असार २०८२, बुधबार

सिद्धार्थ बैंकको १ लाख १४ हजार संस्थापक सेयर किन्ने मौका, बिक्री मूल्य कति ?



काठमाडौं । सिद्धार्थ बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले दुई संस्थापक सेयरधनी बिनोद कुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन ३५ दिनभित्र कार्यालय समयमा आवश्यक कागजात संलग्न गरि बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा लिखित रुपमा दिन सक्नेछन् । सो संंस्थापक सेयरको बिक्री मूल्यमा तोकिएको छैन ।

तोकिएको सो अवधिमा विद्यमान संस्थापक सेयरधनीहरुबाट निवेदन नआएको खण्डमा प्रचलित कानुन बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्