सेयर बजारमा दोहोरो अंकको हरियाली, कारोबार रकम पनि बढ्दै « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सेयर बजारमा दोहोरो अंकको हरियाली, कारोबार रकम पनि बढ्दै



काठमाडौं । मंगलबार पनि सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन बजार १२.१० अंकले वृद्धि भएको हो ।

सो दिन बजार परिसुचक १९१८ दशमलव १० अंकका बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक १७ दशमलव ०३ अंक, फाइनान्स ५ दशमलव ७४ अंक र निर्जीवन बीमा कम्पनी १० दशमलव ३७ अंकले घटेको छ । यी बाहेकका सबै समूहहरु हरियाली बनेका छन् ।

बजार बढेसंगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । आज १ अर्ब ४४ करोड ३७ लाख १३ हजार रुपैयाँ बराबरको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार रकमका आधारमा आइएमई जनरल इन्स्योरेन्स पहिलो स्थानमा छ । सो दिन कम्पनीको ६ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ५ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्