तीन कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार हरियाली भएको छ ।
नेप्से परिसूचक १२.१० अकंले बढेर १९१८.१० को बिन्दुमा बन्द भएको छ । आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सूपर माई हाईडपावर, सिजनर्सिल लघुवित्तत र एशियन हाईडपावरको सेयरमा सर्किट लागेको छ ।
साथै, महिला लघुवित्तत ८.९२ प्रतिशत, नेरुडे लघुवित्त ७.९७ प्रतिशत, किसान लघुवित्त,युनिक नेपाल लघुवित्त ,स्वालम्वन लघुवित्त, जिवन विकास लघुवित्त सहितको सेयर मूल्य बढेको छ ।
