तपाईको खातामा एक बैंकको बोनस सेयर जम्मा भयो ? छैन भने यसो गर्नुहोस् ?

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको खातामा जम्मा सुरु गरेको छ । कम्पनीको पुष २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाले पारित गरेको ३ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरेको हो ।
साधारण सभा प्रयोजनका लागि बुक क्लोज हुदाँ बखत सेयर अभौतिक रुपमा सेयर धारण गरको सेयरधनीलाई बोनस सेयर चैत ८ गतेदेखि वितरण गरेको हो ।
साथै, हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीहरुले यथाशिघ्र सेयर अभौतिकीकरण गर्ने कम्पनीले भनेको छ । सेयर अभौतिकीकरण गरे पछि मात्र सम्बन्धिक सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा हुने छ ।