नेपाली बजारमा १०० ब्रोकर आवश्यक छ: अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपालमा १०० ब्रोकर चाहिने बताएका छन् । उनले नेपाली सेयर बजारलाइ प्रतिस्पर्धा बनाउनको लागि उक्त ब्रोकर आवश्यक हुने बताएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित लगानिकर्ता अन्तक्रिर्या कार्यक्रममा बोर्डले बजारलाई दिगो र स्थायी बनाउन जग बलियो बनाउने काममा लागि परेको बताएका हुन् । ब्रोकर थप गर्दा बजारमा अझ गुणस्तीयर कार्य हुने उनले विश्वास ब्यक्त गरे । आफुले जतिसुकै राम्रो निति ल्याएपनी विरोध हुने गरेकोमा दुखेसो पोखे । कुनै पनि कार्य गर्ने लागि अनुसन्धान गर्नु आवश्यक रहेको बताउदैं कोहि व्यक्ति आफुसँग बहस गर्ने भए आफु तयार भएको बताए । आफु निकै अनुसन्धान गर्ने मान्छे भएको उनको तर्क रहेको थियो । बजार सुधारका लागि ल्याउने हरेक काम मेरिट बेसिस भएको उनको तर्क थियो ।
बजार सिन्डिकेटबाट खुला छोड्न नयाँ ब्रोकर आवश्यक रहेको उनले बताए । मापदण्ड पुगेका हरेक कम्पनीले लाइसेन्स पाउने गरि काम गरेको उनको दाबी गरे । पहिला ब्रोकर शाखा बिस्तार गर्न १९ महिना लाग्ने अहिले भने गुणस्तरीय भएको बताए । तर, सर्वोच्च अदालतले भने नयाँ ब्रोकर लाइलेन्स दिने प्रक्रिया रोकिदिएको छ । यस्तो सन्दर्भमा पनि अध्यक्ष हमालले शाखा थप नयाँ ब्रोकर आवश्यक रहेको बताए । धितोपत्र बोर्डले गत असोजमा स्टक एक्सचेन्ज, कमोडिटी र ब्रोकर लाइसेन्स वितरणका दरखास्त समेत आव्हान गरेको थियो । तर म्याद सकिन एक दिन बाँकी रहँदा अदालतको आदेश बमोजिम बोर्डले प्रकृया स्थगन गरेको थियो । हाल त्यस सम्वन्धीको मुद्दा विचाराधीन अवस्थामा रहेको छ।
पछिल्लो समयमा नै बोर्ड थप शाखा विस्तारका लागि १४ वटा ब्रोकर कम्पनीलाई अनुमति दिएको छ । ति कम्पनीहरुले २३ ठाउँमा ब्रोकर शाखा विस्तार गर्न बोर्डबाट अनुमति पाएको हुन् । बोर्डले पछिल्लो देशव्यापी रुपमा सहज तरिकाले धितोपत्रको पहुँच पुर्याउनका ब्रोकरको शाखा विस्तारमा लागि जोडदिएको छ ।
उनले इन्साइडर ट्रेडिङ गर्नेलाई धमाधम कारवाही गर्न थालिएकाले कसैले पनि इन्साइडर ट्रेडिङ गर्ने सोच बनाउन आग्रह गरे ।इन्साइडर ट्रेडिङमा संलग्न एक जनाविरुद्ध मुद्दा दायर भएको अन्य व्यक्ति र कम्पनीमाथि पनि मुद्दा दर्ताको तयारी गरी रहेको उनको भनाइ रहेको थियो । अहिले विश्वको नै अर्थतन्त्र गरेको हुदा लगानिकर्ता केहि समय आफुसँग भएको सेयर होल्ड गर्न सुझाव दिए ।