धितोपत्र बोर्डले तयार गर्यो एसएमई प्लेटफर्म सञ्चालनका लागि नियमावली: चुक्ता पुँजी २५ करोड हुनुपर्ने, अन्य के-के छन् व्यवस्था ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ को मस्यौदा सार्वजनिक गरेको छ ।
नियमावली अनुसार धितोपत्र दर्ता गराउने सम्बन्धि संस्थाको चुक्तापूँजीे २५ करोड रुपैयाँ हुनु पर्ने उल्लेख छ । सो भन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई एसएमई कम्पनी गणना गरी त्यसको ३० देखि ४९ प्रतिशतसम्म प्राथमिक सेयर निष्काशन गर्न दिने भएको छ ।
संगठित संस्थाले धितोपत्र सार्वजनिक निष्कासनका लागि नियामक निकाय बोर्डबाट स्वीकृति लिनु पर्ने ब्यवस्था रहेको छ । साना तथा मझौला संगठित संस्थाको सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरीदका लागि न्यूनतम २५० कित्ता खरीदका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
नियमावली अनुसार धितोपत्र निष्कासन गर्ने संगठित संस्थाका लागि क्रेडिट रेटिङ अनिवार्य नहुने बोर्डले जनाएको छ । सार्वजनिक निष्कासनका लागि भने बोर्डबाट स्वीकृत लिनु पर्ने नियमावलीमा उल्लेख छ । सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरिदका लागि न्यूनतम २५० कित्ता लागि आवेदन दिनु पर्ने ब्यवस्था छ यसका साथै सेयर खरिदको अधिकतम सिमा विवरण पत्रमा उल्लेख भए अनुसार हुने बोर्डले जनाएको छ । सार्वजनिक निष्कासन खुल्ला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले बढीमा १५ दिन भित्र बाँडफाँट गर्नु पर्ने ब्यवस्था छ ।