रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता, भोलि पेसी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । राहदानी दुरुपयोगको उजुरीमालाई गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च रिट निवेदन दर्ता भएको हो
।
अधिवक्ता युवराज सफलले उनीमाथि पर्याप्त अनुसन्धान नगरी मुद्दा नचल्ने निर्णय भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन ।
रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।













