३० श्रावण २०८३, शनिबार

रिगो र भक्स्क्रोको गेटडेक्स कम्पनी बीच सहकार्य



काठमाडौं । आईएमई सहायक कम्पनी रिगो र भक्स्क्रोको गेटडेक्स बीच सहकार्य भएको छ ।

आवाजमा आधारित कम्पनी भक्सक्रो र आईएमई ग्रुप अन्तर्गतको सफ्टवयर डेभलपमेन्ट कम्पनी रिगोबीच कल सेन्टर म्यानेजमेन्टका लागि सहकार्य घोषणा भएको हो । रिगोको कल सेन्टर व्यवस्थापनका लागि सो सम्झौता गरिएको भक्सक्रोले जनाकारी दिएको छ ।

उक्त सम्झौता अनुसार रिगोको कल सेन्टर सेवा तथा आफ्ना ग्राहकहरूमा गुणस्तरीय सेवा प्रदानका लागि सहकार्य गरिएको हो । रिगोले आफ्नो कल सेन्टर व्यवस्थापनका लागि भक्सक्रोको गेटडेक्स प्रविधि अपनाउनेछ ।

भक्सक्रोको गेटडेक्स प्रविधि ८५ भन्दा बढी व्यवसायिक तथा अन्य संस्थाहरूले अपनाइसकेका छन् । फोनपे, बुद्ध एयर, नर्भिक इन्टरनेसनल हस्पिटल, केयर नेपाल, फुडमान्डु लगायतका संस्थाहरूले गेटडेक्समार्फत कल सेन्टर म्यानेजमेन्ट गर्दै आइरहेका छन् ।

कम्पनीका अनुसार, दिनमा सय वा सो भन्दा बढी फोन कल आउने संस्थालाई यो सेवा लिनु उपयुक्त हुन्छ । कम्पनीले त्यस्ता अन्य कम्पनीहरूलाई शुरूवाती सेटअपका लागि ५० हजारदेखि ६० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ । सेटअप पछि मासिक ४ हजार वा ५ हजारमै गेटडेस्कको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।