एनएमबि बैंकद्धारा जानकी आँखा अस्पताललाई आर्थिक सहयोग « Arthapath.com
६ असार २०८३, शनिबार

एनएमबि बैंकद्धारा जानकी आँखा अस्पताललाई आर्थिक सहयोग



काठमाडौं । एनएमबि बैंक लिमिटेडले जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा आर्थिक सहयोग गरेको छ ।

बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि १ लाख ५१ हजारको चेक हस्तान्तरण गरेको हो।

उक्त, कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो ।

साथै, आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत अन्य पधाधिकारीहरु समेतकोउपस्थिीती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्