सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष उज्ज्वल सत्यालले लिए पद तथा गोपनियताको शपथ ग्रहण « Arthapath.com
२७ चैत्र २०७९, सोमबार

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष उज्ज्वल सत्यालले लिए पद तथा गोपनियताको शपथ ग्रहण



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

सञ्चालक समितिका अध्यक्ष सत्यालद्वारा अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात यस नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गरेका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्