ग्रीन डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ३.८० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।