सिटिजन्स बैंकको १६औं वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्र्दै बैंकले यहि वैशाख १ गते देखि वैशाख ७ गते सम्म एकसाताको लागिलागू हुनेगरि बैंकका विभिन्न क्यास लेस कारोबार भारी छुट,क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेका हो ।
सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत रु १००० वा बढी कोकारोबार गर्दा १६ प्रतिशत बढिमा रु २०० सम्म क्यासब्याक दिइने छ । यसैगरी क्यु आर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि रु ५०० भन्दा बढीको कारोबार गर्दा १६ प्रतिशत छुट र रु २०० सम्म क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ ।
डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ-कम कार्ड लिन चाहाने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । त्यसैगरि बैंकले पुँजी बजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकहरुको लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ ।
साथै बैंकका निष्कृय खाता भएका ग्राहकहरुलाई समेत खाता सक्रिय गरि कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत रु ५०० वा बढीको कारोबार गर्दा एकमुष्ठरु २०० सम्म क्यासब्याक प्रदान गरिने योजना सार्वजनिक गरेको छ ।
यस्ता नगद रहित कारोवारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहकवर्गहरुलाई समेत लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।