एनएमबि बैंकको १०औं हेरिटेज वाक सम्पन्न « Arthapath.com
३ बैशाख २०८०, आईतवार

एनएमबि बैंकको १०औं हेरिटेज वाक सम्पन्न



काठमाडौं । एनएमबि बैंकले वैशाख २ गते (शनिवार) १०औं हेरिटेज वाक कार्यक्रम सम्पन्न भएके छ । एनएमबि भवन बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायर सम्म पुगेर समापन भएको छ ।

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौं देखी प्ले कार्ड सहित पाटन संग्रहालय सम्म पुगेर हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरि बाबु महर्जन उपस्तिथ रहेको थियो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ रु ४९०,००० को सहयोगका साथैपाटन संग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरीएको छ ।

बैंकले प्रदेश १ मा ब्रम्हनन्द पुल देखी बाराहक्षेत्र मन्दिर सम्म, मधेष प्रदेशमा लाहान शाखा देखी दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखा देखी केधारेश्वर मन्दिर, लुम्बिनी प्रदे्रशमा ट्राफिक चोक शाखा देखी कालिका मन्दिर सम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर, धनगढी शाखा देखी शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्