अब्बल मानिने मुक्तिनाथ विकास बैंकको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा २१ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ८० करोड ६२ लाख ८४ हजार रुपैयाँमा सिमित भएको हो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा भने सुधार आएको छ । कम्पनीको खुद ब्याज आम्दानी २६.०९ प्रतिशतले बढेर ३ अर्ब २ करोड ९२ लाख रुपैयाँ आर्जन गरको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ अर्ब ४० करोड २३ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको चैत समान्तसम्ममा १ अर्ब ४६ करोड ३ लाख २० हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले चालुु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा २१.१२ प्रतिशतले घटेर १ अर्ब १५ करोड १८ लाख ३४ हजार रुपैयाँमा समिति भएको छ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ, जगेडा कोष ०.४६ प्रतिशतले बढेर १ अर्ब ६२ करोड १२ लाख २३ हजार रुपैयाँ, खराब कर्जा १.९९ प्रतिशत, कर्जा लगानी ५.८० प्रतिशतले बढेर ९१ अर्ब ८४ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
चैत समान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४९ पैसा रहेको छ ।