शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बढ्यो नाफा, अधिकांश सूचक सकरात्मक, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफामा १४.३८ प्रतिशतको सुधार आएको छ ।
यस अवधिमा कम्पनीको मुनाफा ५५ करोड ४५ लाख १ हजार रुपैयाँ रहेका छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ४८ करोड ४७ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८.६० प्रतिशतले बढेर १ अर्ब ५४ करोड ३६ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी १ अर्ब २० करोड ३ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमामसम्ममा ६९ करोड ३० लाख ९९ हजार रुपैयाँ संचालन नाफा गरेको बैकले चालु आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा १४.८७ प्रतिशतले बढेर ७९ करोड ६२ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष ३१.९१ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ८० लाख २४ हजार रुपैयाँ, कर्जा लगानी ४२ अर्ब ५८ लाख १ लाख ५८ हजार रुपैयाँ, निक्षेप संकलन ५२ अर्ब ४५ करोड ११ लाख ९९ हजार रुपैयाँ, खराब कर्जा १२.७४ प्रतिशत रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४१ पैसा रहेको छ ।