कामना सेवा विकास बैंकको मुनाफा ३० करोड माथि, अन्य सूचक कस्ता ? « Arthapath.com
७ बैशाख २०८०, बिहीबार

कामना सेवा विकास बैंकको मुनाफा ३० करोड माथि, अन्य सूचक कस्ता ?



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले ३० करोड ५६ लाख ७९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधि भन्दा ३९.४० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५० करोड ४५ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.५५ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ९६ ललाख ५९ हजार रुपैयाँ पुगेको छ । गतआर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको उक्त आम्दानी १ अर्ब ३८ करोड ३७ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

चैत समान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा २७.१२ प्रतिशतले घटेर ५२ करोड ५३ लाख १९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा ७२ करोड ७ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष ३३.७८ प्रतिशतले बढेर १ अर्ब ४३ करोड ८५ लाख ४३ हजार रुपैयाँ, निक्षेप संकलन ५.६६ प्रतिशतले बढेर ४८ अर्ब ८८ करोड ८ लाख रुपैयाँ, कर्जा लगानी ०.४२ प्रतिशतले बढेर ४२ अर्ब ५३करोड ६० लाख ४९ हजार रुपैयाा, वितरण योग्य नाफा ८ करोड ३ लाख ६३ हजार रुपैयाँ, खराब कर्जा ३.२७ प्रतिशत रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्